नियम ५५
टिकट बेच्न नहुने
(१) नेपाल सरकारद्वारा दिइएको अनुमतिपत्र (लाइसेन्स) वा तोकिएको शर्तहरूको अधिनमा नरही कसैले टिकट बिक्री वितरण गर्न वा त्यस्तो व्यवसाय गर्न पाइने छैन ।
(२) कसैले उपनियम (१) को उल्लघंन गरेमा त्यस्ता व्यक्तिलाई पचास रूपैया“सम्म जरिवाना हुनेछ ।
तर,
(१) यस नियमले निम्न बमोजिम भएको टिकट बिक्रीलाई बाधा पु¥याउने छैनः–
(क) हुलाकद्वारा भएको टिकट बिक्री,
(ख) ड्यूटीमा रहेको हुलाक कर्मचारीद्वारा बिक्री भएको टिकट बिक्री,
(ग) विभागले नियुक्ति गरेको फिलाटेलिक व्यूरो वा एजेन्सीद्वारा भएको टिकट बिक्री,
(घ) महानिर्देशकद्वारा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी टिकट बिक्री गर्न तोकिएको व्यक्ति वा संस्था ।
(२) टिकट बिक्री गर्ने वा टिकट सम्बन्धी व्यवसाय गर्नेले पालन गर्नु पर्ने शर्त तथा बन्देज नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिए बमोजिम हुनेछ ।
(३) अन्तराष्ट्रिय जवाफीपत्र (इन्टरनेशनल रिप्लाई कूपन) प्रचलनमा ल्याउँदा त्यसको सटही दर महानिर्देशकले विश्व हुलाक संघकोकन्भेन्सनको आधारमा तोक्न सक्नेछ ।
(४) संयुक्त राष्ट्र संघबाट बिक्रीको लागि प्राप्त भएका टिकटहरू हुलाक तथा फिलाटेलिक व्यूरोद्वारा बिक्री गराउन महानिर्देशकले तोकि दिन सक्नेछ ।